News


« Previous
Next »

दुबईमा गैर आवासीय नेपालीहरूमाझ उप प्रम सु Jun-26-2010
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको निम्तोमा औपचारिक भ्रमणमा गए मंगलबार साँझ अबुधाबी आइपुगेकी उप प्रधानमन्त्री तथा परराष्टर मन्त्री सुजाता कोइराला आज साँझ बरदुबईको इम्पेरियल सुइट होटलमा गैर आवासीय नेपाली संघ यूएईले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्नो भ्रमण अति सफल भएको बताएकिछिन्। उप प्रधानमन्त्री कोइरालाको स्वागतमा आयोजित उक्त कार्यक्रममा भ्रमण टोलीमा रहेका परराष्टर मन्त्रालयका सहसचिव धनञ्जय झा र उपसचिव अर्जुनराज पन्तको पनि उपस्थिति रहेको थियो। गैर आवासीय नेपाली संघ राष्टिरय समन्वय परिषद् यूएईका अध्यक्ष चुँडामणि ढकालको अध्यक्षतामाा भएको उक्त कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री तथा परराष्टर मन्त्री कोइरालाले आफू यूएईका परराष्टर मन्त्रीको भ्रमणमा यूएई आएको र हिजो मात्र यूएई सरकारसँग भएको सम्झौताले अब दुई देशबीचको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन सहयोग मिल्ने बताइन्। उनले यहाँको व्यापार तथा बाणिज्य महासंघका अध्यक्ष तथा उच्चाधिकारीहरुसित व्यापार, बाणिज्य तथा लगानीको विषयमा वृहद् छलफल भएको बताइन्। उनले भनिन्, अबुधाबी इन्भेष्टमेन्ट बैंकले नेपालमा पूर्वाधार विकासका लागि निर्ब्याज ऋण दिन तयार छ। उसले बिमानस्थल, सडक आदि क्षेत्रमा लगानी गर्न प्रस्तावसमेत मागेको छ। उसको भनाइ छ प्रस्ताव दिन त नेपालले नै नै ढिलो गरेको हो। श्रीमती कोइरालाले आफ्नो यूएई भ्रमण उत्कृष्ट र फलदायी हुने बताउँदै दुई देशबीचको संयुक्त समिति बन्ने सम्झौतामा हस्ताक्षर भएकोले अब निकट भविष्यमा संयुक्त कार्यक्रमहरु ल्याउन सक्ने ढोका खुलेको बताइन्। उनले भनिन्, यस भ्रमणलाई यूएई सरकारले उच्च मूल्यांकन गरेको छ। संयुक्त समितिको बैठक प्रत्येक एक वर्षमा पालैपालो नेपाल र यूएईमा बस्ने छ र यूएईले व्यापार, बाणिज्य, संयुक्त लगानी, कानून, शिक्षा, तालीम, सूचना, सँस्कृति, वातावरण, स्वास्थ्य, खेलकुद, पर्यटन आदि सवै क्षेत्रमा सहयोग गर्नेछ। श्रीमती कोइरालाले अन्तरक्रियाको दौरान राजनैतिक कुराहरु पनि उठाइन्। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी शान्ति प्रक्रियाको निकासमा बाधा रहेको बताइन्। माओवादीले वाईसिएल जस्तो अर्द्ध सैनिक संरचनालाई नभत्काएसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्ने छैन उनले भनिन्। उनले सहमतिको प्याकेज बनाएर आएको ख48डमा प्रधानमन्त्रीले जुनसुकै बेला राजीनामा दिन तयार रहेको बताइन्। यूएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापाले दुई देशबीचको दौत्य सम्बन्ध प्रगाढ पार्न उप प्रधानमन्त्रीको भ्रमण भएको बताए। उनले भने, उप प्रधानमन्त्रीे सुजाता कोइरालाको कार्यकालमा दुईवटा नयाँ आयाम थपिएको छ (१) गत वर्ष जुन ११ तारेखका दिन यूएईका परराष्टर मन्त्रीको नेपाल भ्रमण (२) सहयोगसम्बन्धी संयुक्त समितिको स्थापना गर्न दुई देशबीचको सम्झौतापत्रमा हस्ताक्षर। भ्रमण दलका सदस्य परराष्टर मन्त्रालयका सहसचिव धनञ्जय झाले पत्रकार तथा समाजसेवीहरुको जवाफ दिंदै आफूले दुबईमा कन्सुलेट खोल्न सिफारिश गरी मन्त्रीकहाँ पठाउने बताए। उनले विदेशमा दक्ष जनशक्तिको माग भएकोले नेपालमा तालीम केन्द्रहरुको संख्या बढाउने नीति रहेको बताए। उनले कुटनैतिक नियोगहरुमाा एनआरएन डेस्क राख्न नमिल्ने बताए। उनले लामो समयदेखि यूएईको उच्चस्तरीय भ्रमण हुन नसकेकोले दौत्य सम्बन्धलाई प्रगाढ बनाउन उपप्रधानमन्त्रीको यो भ्रमण भएको बताए। कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष रामेश्वर शाहले मध्यपूर्वबाट पठाएको बिप्रेशनले नेपालको अर्थतन्त्र धानिरहेको भएता पनि यो रोडक्टिभ रहेको बताए। उनले सरकारले एनआरएनएलाई दर्ता गरिदिएको ख48डमा लगत्तै १०० मिलियनको परियोजना नेपाल भित्र्याउने बताए। उनले एकपटकको नेपाली सधैंको नेपालीको एनआरएनएको नारालाई व्यवहारमा उतार्न सरकारले सहयोग गर्नु पर्ने बताए। उनले गैर आवासीय नेपालीहरुको जनसंख्याको लगत सरकारले राख्नु पर्ने बताए। कार्यक्रममा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष अध्यक्ष छत्र लामाले स्वागत मन्तव्य दि एभने गैर आवासीय नेपाली संघका सदस्य लोक सुवेदी, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डि.एल. शर्मा, नेपाली समाजका पार्षद अध्यक्ष राजेन्द्र देवकोटाले सम्बोधन गरेका थिए। वक्ताहरुले यूएईमा नेपालीहरुले भोगिरहेका समस्याहरुको बारेमा प्रकाश पारे। एनआरएनए युएईका महासचिव सुरेश बस्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली दूतावासको उपनियो प्रमुख दिपक अधिकारी, गैर आवासीय नेपाली संघका भूतपूर्व मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा, गैर आवासीय नेपाली संघ अन्तर्राष्टिरय समन्वय परिषद्का सदस्य पिएस लिम्बू, प्रवासी नेपाली पत्रकार सञ्जालका सञ्योजक तथा नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैन, नेपाली समाजका उपाध्यक्ष डा. आसिफ अली सिद्दिकी, नेपाली मुस्लिम फोरम फोर कल्चर ए48ड डेभलपमेन्टका अध्यक्ष ई. मोहम्मद अयुब, नेपाली आदिवासी जनजाति महासंघका उपाध्यक्ष तुलसी तामाङ, नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष उत्तम अधिकारीलगायतका व्यक्तिहरुको उपस्थिति थियो। उपप्रधान मन्त्री सुजाता कोइरालाको भोलि नेपाली दूतावासमा पनि यूएईका नेपालीहरुसँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ भने पर्सि शनिबार भ्रमण म48डल नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ।.. जाकिर हुसैन जुन, २४ दुबई