News


« Previous
Next »

यौन व्यवसायमा नलागेको भन्दै दर्जनौ महिला Jun-26-2010
सुनसरी, अषाढ ९ - यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली महिलालाई बन्धक बनाएर खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएकोछ । फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् । मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् । सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् । भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक बनाएको बताइन । बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो । \'भनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयो\' गुरुङ्गले भनिन-\'उनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।\' गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । \'पछि त अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्‍यौ\' उनले भनिन । गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको थियो । डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे । \'घर जान देउ\' भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन । आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्‍याएको गुरुङ्गले बताइन । उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ महिलालाई ललाई-फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन । केही साताभित्र पिडित महिलाको उद्धार गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने गुरुङ्गले माग गरिन । \'होइन भने धेरै नेपाली महिलाको विजोग हुनेछ\' उनले भनिन-\'सरकारले पहल गर्नुपर्छ भनेर कहाँ भन्नु ? पत्रकारलाई भन्दा अखबारमा समाचार आउँछ र सुनवाई हुन्छ भन्ने सुनेर तपाईहरु -पत्रकार) हरुको सम्पर्कमा आएको हु ।