News


« Previous
Next »

प्रमाणित मागपत्रलाई मात्रै श्रम स्वीकृति Jun-21-2010
काठमाडौ, अषाढ ७ - खाडीस्थित नेपाली दूतावासहरूले कामदारको तस्करी र शोषण बढ्दै गएकाले दूतावासबाट प्रमाणित भएका कामदार मागपत्रलाई मात्रै आधार मानेर श्रम स्वीकृति दिन अनुरोध गरेका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारले श्रम सम्झौताअनुसार रोजगार, तलब र सेवा सुविधा नपाएर ठगीमा पर्ने गरेकोले आफूले प्रमाणित नगरेको मागपत्रलाई श्रम स्वीकृति नदिन सरकारलाई अनुरोध गरेका हुन् ।

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार विभागले सम्बन्धित मुलुकमा रहेका दूतावास वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकले प्रमाणित गरेको मागपत्रलाई आधार मानेर अन्तिम श्रम स्वीकृति दिँदै आएको छ । सन् २००४ मा तात्कालीन श्रममन्त्री र सचिवले दूतावासले डिमान्ड लेटर प्रमाणीकरण गर्नु अनिवार्य बनाएको प्रावधानलाई श्रम कानुन बनाउादा हटाइएको थियो ।  

\\\\\\\'दूतावास नभएको ठाउँमा मात्रै चेम्बर अफ कमर्स वा नोटरी पब्लिकलाई मान्यता दिइनुपर्छ,\\\' साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, \\\\\\\'उनीहरूले प्रमाणित गरेको मागपत्रअनुसार कामदारले काम, तलब र सेवासुविधा नपाए उनीहरू जिम्मेवार हुँदैनन् ।\\\\\\\'

कुबेतस्थित नेपाली राजदूत मधुवन पौडेलका अनुसार दूतावासले कम्पनीको लाइसेन्स, सरकारी स्वीकृति र कम्पनीले दिने सुविधा नहेरी र स्थलगत अध्ययन नगरी मागपत्रमा प्रमाणीकरण गरिँदैन ।  

विभागले चेम्बर अफ कमर्स र नोटरी पब्लिकले प्रमाणित गरेको मागपत्रको आधारमा दिएको श्रम स्वीकृतिअनुसार कामदारले काम नपाएर कामदारहरू दूतावासमा धाउने गरेका छन् । यसले दूतावास र रोजगार विभागबीच समयसयममा विवाद हुने गरेको छ ।

कुवेतस्थित दूतावासका अनुसार \\\\\\\'रोजगार विभागले तथाकथित संगठित क्षेत्रको नाममा दूतावाससाग समन्वय नगरी कतै क्लिनर, कतै चालक भन्दै नक्कली कागजातको आधारमा श्रम स्वीकृति दिएको भन्दै\\\\\\\' आपत्ति जनाएको छ ।

श्रम स्वीकृतिमा हालै गएका २० जना कामदारलाई क्लिनर र चालकको सट्टा भेडा र उाट चराउने वा खाना र बसोवासको सुविधारहित कृषि र्फममा काम लगाएको भनेर भागेर दूतावास पुगेका थिए । \\\\\\\'दूतावासलाई मात्रै जिम्मेवारी नहुँदा कुन कामदार, कुन कम्पनीमा कति आए भन्ने जानकारी दूतावासमा छैन ।\\\\\\\' दाहालले भने, \\\\\\\'जब कामदार ठगीमा परेर दूतावासको सम्पर्कमा आइपुग्छन् । त्यसपछि मात्रै कामदारको अवस्थाबारे जानकारी हुन्छ ।\\\\\\\'  

कतारस्थित नेपाली राजदूत सूर्यनाथ मिश्रका अनुसार नियोगमा रहेको ठाउँ अन्य निकायलाई प्रमाणीकरण गर्ने अधिकार दिनु हुँदैन । \\\\\\\'नियोग हुँदा पनि अरू निकायलाई जिम्मेवारी दिँदा दोहोरिएको छ,\\\\\\\' उनले भने ।

दूतावासहरूका अनुसार अन्य देशका दूतावासले सबै कागजात प्रमाणित गर्ने र कागजात प्रमाणित नभईकन सम्बन्धित देशको सरकारले अनुमति नदिने भएकाले यस किसिमको दुःख ती देशका कामदारले त्यति धेरै भोग्नु परेको छैन । \\\\\\\'श्रम स्वीकृति दिनुअगाडि दूतावासबाट प्रमाणित गरिएको कागजपत्रको आधारमा मात्र स्वीकृति दिने व्यवस्था गरे यो समस्या नेपालबाट सोझै आउने कामदारको हकमा कम हुन सक्दछ,\\\\\\\' पौडेलले भने ।