News


« Previous
Next »

शान्ति र संविधानका लागि कतारका सम्पुर्ण न Jun-20-2010
क्रान्ति सिंह, ६ असार / कतार 

मुलुकमा २ वर्षको समयावधिमा शान्ति प्रकृया निष्कर्षमा नपुग्नु तथा समयमा संविधान नवने पछि थपिएको १ वर्ष भित्र दुवै कुरा वन्नुपर्छ भन्ने दवाव सम्वन्धित निकायलाई दिनका लागि कतारमा कार्यरत सम्पुर्ण नेपाली संघ संस्थाहरुले सामुहिक दवावका कार्यक्रमहरु गर्ने भएका छन् ।
 
नेपाल पत्रकार महासंघ सम्पर्क समिति कतारको आह्वानमा आयोजित “शान्ति र संविधानका लागि प्रवासी नेपाली” विषयक अन्तरकृया कार्यक्रम तथा सामुहिक छलफलमा सम्पुर्ण नेपाली संस्थाहरु सदस्य रहनेगरि “दिगो शान्ति र संविधानका लागि प्रवासी नेपाली मंच कतार” नामक सामुहिक फोरमको गठन भएको छ । सो फोरमको नेतृत्व नेपाल पत्रकार महासंघ सम्पर्क समिती कतारले गर्नेछ । फोरमले मुलुकमा संविधान नवनुन्जेल सम्मका लागि सामुहिक रुपमा कार्यक्रमहरु गर्नेछ भने संविधान निर्माण सँगै यो मंच निस्किृय रहने कुरा कार्यक्रममा जनाईएको छ ।

एकसय भन्दा वढि विभिन्न प्रकृतिका नेपाली संस्थाहरु रहेको कतारमा ३ लाख भन्दा वढि नेपालीहरु कार्यरत छन् । सम्पुर्ण नेपालीहरुको सहभागिता रहेका विभिन्न संस्थाहरु मार्फत सामुहिक आवाजलाई वुलन्द गर्नका लागि यो फोरमको गठन गरिएको कुरा सो अन्तरकृया कार्यक्रममा जनाईएको छ । शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन तथा समयमा संविधान वनाउनका लागि दवाव, सुझाव तथा प्रत्यक्ष संचार हुने कार्यक्रमहरुको आयोजना गरिने कुरा कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कुमार कार्कीले जानकारी दिएका छन् । 


गत जेठ १४ मा संविधान सभाको म्याद थपिएपछि शुरु गरिएको यो अभियानको शुरुवात नेपाल पत्रकार महासंघले गरेको थियो र त्यस लागि सम्पुर्ण नेपाली संघ संस्थाहरुलाई आह्वान गरेको थियो । सो अन्तरकृया कार्यक्रममा उपस्थित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले ऐक्यवद्धता जनाउदै यो कार्यका लागि सम्पुर्ण संघ संस्थाहरु एक भएर अघि वढ्ने ऐक्यवद्धता गरेका छन् । कार्यक्रममा ३७ भन्दा वढि संस्थाहरुको उपस्थिति रहेको थियो ।