Log In | Register

manpower agency nepal Search Jobs

Keywords  
 
Functional Area  
 
Location  
 
Manpower Employer post
Frequently Asked Questions

अबुधाबीमा युवाहरुको ककटेल नाइट Jun-20-2010

जेपी सापकोटा जुन, २० अबुधाबी गायक प्रकाश पौडेलको मुख्य प्रस्तुतिमा एडभान्स ग्रुप र ००९७७ यूएईले फुडलैण्ड रेष्टुरेन्टमा एक साँगितिक कार्यक्रमसहित हप्तान्तको रमाइलो गरे। यूएईका नेपाली युवाहरुबीच लोकप्रिय बन्दै गरेको डिजे म्युजिकमा विभिन्न खाले नेपाली गीत र नृत्य प्रस्तुत गरिएको थियो। यूएईमै रहेका डिजे अशोक, सिद्धु र स्वरुपको म्यूजिकल मिक्सिङमा आशिष र अभिशेषकले आफ्ना गीतहरु प्रस्तुत गरे। प्रकाश पौडेलले आफ्ना लोकप्रिय गीत मलाई त्यही केटी मन पर्छ, म हुँ रातो भाले .., मेरो साथीको सुकेको जीऊ.. जस्ता प्रस्तुतिबाट दर्शकहरुलाई मनोरञ्जन दिएका थिए। कार्यक्रममा उनले सलाम वालेकुम ... नमस्ते – नमस्तेजस्ता नेपाल र यूएईबीचको चिनारी हुनेखाले शब्दहरु समेटिएको गीती एल्बम छिट्टै नै रिलिज गर्ने तयारी भैरहेको जानकारीसमेत दिएका थिए । उल्लेख्य मात्रामा उपस्थित भएका युवायुवतीहरुमाझ एडभान्स ग्रुपका अध्यक्षसमेत रहेका विकास अधिकारीको बेजोड उद्घोष क्षमताले थप रौनकता दिएको थियो। “ककटेल नाइट” नाम दिइएको सो र्‍याप म्युजिक कार्यक्रम संयोजनमा जीवन कोइराला, कपिल खड्का, डिजे फरे आदिले सहयोग पुर्‍याएका थिए। \'यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव बढ्नुका अतिरिक्त महंगो क्लबमा गएर खर्चिने बानी रोक्न मद्दत गर्छ।\' केही समयअघि अबुधाबीस्थित रोयल मेरिडियन होटलमा नेपालको युनिटी बैंण्ड झकाएर सफल कार्यक्रम गरिसकेको ००९७७ का आशिर्वादले कार्यक्रमको उपादेयता बारे स्पष्ट गरे।

 Manpower Agency Nepal Jobs By Location