Log In | Register

manpower agency nepal Search Jobs

Keywords  
 
Functional Area  
 
Location  
 
Manpower Employer post
Frequently Asked Questions

वैदेशिक रोजगारमा जानेको सँख्या ३१ प्रतिशê Jul-17-2010

श्रम तथा यातायत व्यवस्था मन्त्री मोहम्मद आफताब आलमले आफ्नो एक वर्षे कार्यकालमा रोजगारका लागि विदेश जानेको सङ्ख्या ३१ प्रतिशतले वृद्धि भएको बताएका छन् । चालु आर्थिक वर्षको कार्यप्रगतिलाई आज सार्वजनिक गर्दै उनले वैदेशिक रोजगारका क्षेत्रमा नीतिगत सुधारका साथै सेवाग्राहीको अधिकतम् सन्तुष्टि दिनेतर्फ विशेष ध्यान दिइएको उल्लेख गरे ।

मन्त्री आलमका अनुसार हाल वैदेशिक रोजगारका लागि खुला गरिएका मुलुकहरूको सङ्ख्या १ सय ८ पुगेको छ । यसबीचमा युगाण्डामा नयाँ गन्तव्यका रुपमा सूचीकृत भएको छ भने मरिशस, अल्जेरिया, रसिया, पोल्याडजस्ता मुलुकमा पनि संस्थागतरुपमा नेपालीहरु वैदेशिक रोजगारीमा जान थालेका छन् ।  चालु आर्थिक वर्षमा रोजगारका लागि विदेश जानेहरुको सङ्ख्या २ लाख ६३ हजार ५ सय ७० पुगेको छ। यो गत वर्षको तुलनामा ३१ दशमलव ९२ प्रतिशतले वृद्धि हो।  
मन्त्री आलमले यस अवधीमा विप्रेषणमा वृद्धि, इपीएस कोरिया प्रणालीको कार्यान्वयन, वैदेशिक रोजगारीको व्यवस्थापनमा सुधार, रोजगारका लागि कल्याणकारी कार्य, सूचना, अभिलेख तथा जनचेतनामा वृद्धि, व्यवसायिक सीप विकास, यातायात व्यवस्थाप सुधार, सवारी साधन प्रदुषण परीक्षण प्रणालीजस्ता कार्यहरु भएको जानकारी दिएका छन्।
उहाँले उपत्यकाको सवारी व्यवस्थापनका लागि चाँडै नै सीसीटभी जडान गरिने बताए।  
यसबीचमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएकामध्ये ४ सय ८ जनाका परिवारलाई आर्थिक सहायाता दिइएको मन्त्रालयले जनाएको छ।  
मन्त्री आलमले अवैध बाटोबाट रोजगारका लागि विदेश जाने प्रवृत्तिमा कमीको प्रयास, ठगी नियन्त्रण र श्रम सहचारीहरुको नियुक्तिबाट सुरक्षित रोजगारको विकास हुने बताएका छन्।
सहचारी नभएका मुलुकमा राजदुतहरुबाट समन्वय नभएको गुनासो गर्दै उनले आफ्नो कार्यकालमा कुनै अनियमितता नभएको र भएको शंका लागेमा अख्तियार दुरुपयोग आयोगले अनुसन्धान गर्नु उसको कार्यक्षेत्र भएको बताए।

 Manpower Agency Nepal Jobs By Location