Log In | Register

manpower agency nepal Search Jobs

Keywords  
 
Functional Area  
 
Location  
 
Manpower Employer post
Frequently Asked Questions

इराक खुल्यो, नयाँलाई खुलेन Jul-28-2010

काठमाडौ, श्रावण १३ - सरकारले नयाँ कामदार जान नपाउने गरी सात वर्षअगाडि इराकमा लगाएको प्रतिबन्ध बुधबारबाट हटाएको छ ।

इराकस्थित अमेरिकी आर्मीको सेन्ट्रल कमान्डले अवैध रूपमा आएका नेपाली कामदारलाई २० दिन (अगस्ट ६) भित्र फिर्ता हुन अल्टिमेटम दिएपछि मन्त्रीस्तरको निर्णयले प्रतिबन्ध फुकुवा गरेको हो ।

०६१ भदौ १५ मा इराकमा 'अन्सार अल सुन्ना' इस्लामिक आतंककारी समूहले १२ नेपालीको हत्या गरेपछि सरकारले भोलिपल्टै नेपाली कामदारलाई इराक जान प्रतिबन्ध लगाएको थियो ।

श्रममन्त्री मोहमद अफताब आलम कांग्रेस चुनावका क्रममा गृहजिल्ला रौतहट पुगेकाले निर्णय सदर गराउन 'निर्णय पुस्तिका' लिएर मन्त्रीका पिए रौतहट पुगेका थिए । उनले सदर गरेको निर्णय बुधबारै काठमाडौं ल्याइएपछि सार्वजनिक गरिएको हो । 'नेपाली कामदारको रोजगारीको सुरक्षा सुनिश्चितता र हित संरक्षणका लागि इराकमा नेपालीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको छ,' श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने ।इराकमा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

नेपालस्थित अमेरिकी दूतावासले समेत 'नेपालले इराकमा लगाएको प्रतिबन्ध हटाएमा कुनै समस्या नपर्ने' जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको थियो ।

श्रम मन्त्रालयले आवश्यक मापदण्ड निर्धारण गरेपछि मात्रै नयाँ कामदारलाई अनुमति दिने गरी प्रक्रिया अगाडि बढाइने निर्णय गरेको छ । निर्णयमा 'नयाँ कामदार पठाउने सन्दर्भमा त्यहाँको सुरक्षा अवस्था, कामदारको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन, कामदारको प्रकृति, तालिम, संस्थागत रूपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनसहित लागत खर्च, बिमालगायत मापदण्ड निर्धारणपछि अनुमतिको नयाँ प्रक्रिया अगाडि बढाउने' भनिएको छ । वैदेशिक रोजगार व्यवसायीले भने मन्त्री आलमलाई नयाँ कामदारलाई अनुमति दिनेगरी प्रतिबन्ध हटाउन दबाब दिएका थिए ।

श्रमले राहदानीमा 'इराकबाहेक' भनी लगाउँदै आएको छाप लगाउने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । सरकारले इराकमा लगाएको प्रतिबन्ध हटाएको जानकारी परराष्ट्र मन्त्रालयमार्फत शुक्रबारै नेपालस्थित अमेरिकी दूतावासलाई जानकारी दिएको छ । इराक सरकारलाई समेत जानकारी दिइने मन्त्रालयले जनाएको छ ।

इराकमा औपचारिक रूपमा ०४३ बाट कामदार पठाउन सुरु गरेकामा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि तत्कालीन सरकारले २०५९ चैतबाट रोक लगाएको थियो ।

इराकमा हजारौं नेपाली एम-१६ जस्ता आधुनिक हातहतियार भिरेर अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाको सहायक अंग भएर लडिरहेका छन् । निजी कम्पनी, होटल वा अन्य संवेदनशील स्थलमा गाइर्डिङ गरिरहेका छन् । त्यस्तै गैरफौजीका रूपमा पनि काम गरिरहेका छन् ।

अमेरिकालाई सुरुदेखि इराकमा कार्यरत नेपाली कामदार गैरकानुनी भएको सम्पूर्ण जानकारी छ । तर प्रतिबन्धको कारण देखाएर स्वदेश फर्काउन खोज्नुको 'कूटनीतिक कारण' हुन सक्ने केही अधिकारीको ठम्याइ छ । 'युद्धका बेला नेपालीलाई अगाडि बढाउँदा गैरकानुनी देखिएन, अहिले किन देखियो ?' एक अधिकारीले

भने । ती अधिकारीका अनुसार अमेरिकाले इराकमाथि लगाएको प्रतिबन्ध हटाउन गरेको यो कूटनीतिक चाल हो । 'ऊ अब इराक पहिलेजस्तो सुरक्षित अवस्थामा आएको देखाउन चाहन्छ । त्यसका लागि इराकमाथि अन्य मुलुकले लगाएको सबै खालको प्रतिबन्ध हटाउन सबै खालको विकल्पलाई अगाडि सार्दैछ,' उनले भने । इराकको बगदाद, किर्कस, अलहिलाह, बासरा, मोसुलमा नेपाली बढी छन् । कुबेत र जोर्डनको नाममा विज्ञापन गरेर म्यानपावरले नेपालीलाई इराक पुर्‍याउँदै आएका छन । त्यहाँ सैनिकको रूपमा कार्यरत नेपालीले मासिक एक लाख रुपैयाँ र गैरसैनिकले ६० देखि ७० हजार रुपैयाँ पाउने गर्छन् । ....हमहोम कार्की

 

 

 

 

 

 

 Manpower Agency Nepal Jobs By Location